नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित



जापान।

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । पहरीले अध्यक्ष पदका उम्मेदवार दिपक गौतम कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराएका हुन् ।

त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई पराजित गरेका हुन् । महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् । अधिवेशनमा अध्यक्ष र खुल्ला उपाध्यक्ष पदमा निर्वाचन भएको हो ।

सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् । कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मी पौडेल कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ र फुर्वा शेर्पा चयन भएका छन् ।त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा रामबहादुर थापा ( राजबिन) र मनिषा चम्लागाईँ चयन भएका छन् ।

अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए । खुल्ला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले गरेका थिए । जापानको विभिन्न स्थानमा पत्रकार महासंघका ६६ जना साधारण सदस्य रहेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्