उम्मेदवार कोमल वली विवादमा



दाङको बबई – १ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीलाई राखेर विद्यालयमै भाषण ठाेकेपछि दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वली विवादमा परेकी छिन् । उनले कार्तिक १५ गते साे कार्यक्रम गरेको बताइएको छ।

चुनावका बेला विद्यार्थीलाई राखेर विद्यालयमै उक्त कार्यक्रम गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ।

निर्वाचन आचारसंहिताले चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्