लुभु र सिद्धिपुरका मूर्त र अमूर्त कला संस्कृतिको संरक्षण गर्छु : प्रेम महर्जन



ललितपुर ।

ललितपुर क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम महर्जनले ललितपुरको लुभु र सिद्धिपुरलगायत नेवारी संस्कृति र पर्यटकीय स्थलहरूमा रहेका मूर्त र अमूर्त कला संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्धनका लागि ठोस योजना ल्याउन सधाउने बताएका छन् ।

यस क्षेत्रमा हस्तकलाको विकाशका लागि धेरै सम्भावना रहेको बताए । यहाँ खपत हुने हस्तकलाका सामाग्री काष्ठकला, प्रस्तरकला र धातुकलाको प्रयोगबाट बाह्य पर्यटक बढ्ने र समृद्धिमा सघाउने बताए ।  लामाटारदेखि मानेदोवानसम्मको सडक कालोपत्रे गर्न यहाँका स्थानीयको रहेको सन्दर्भमा उम्मेदवार महर्जनले लाँकुरी भन्ज्याङबाट काठमाडौँ उपत्यका सुन्दर देखिने भएकाले पर्यटन विकाशका लागि पनि सडक बनाउन जरुरी रहेको बताए ।

उनले राष्ट्रियता र मुलुकलाई समृद्धितिर लैजाने एमालेको एजेन्डाका कारण धेरै कम्युनिस्ट कार्यकर्ता नेकपा एमालेप्रति आकर्षित भइरहेको उनले बताए ।  यहाँका गोदावरी र कर्मनासा खोलाको अतिक्रमण हटाएर नदी सभ्यता जोगाउँदै कोरिडोर निर्माण गरी विकाशमा लाग्न आफ्नो योगदान हुने उनले बताए ।

लाँकुरी भञ्जाङ भन्दा पर मानेदोवानमा रहेका तामाङ बस्तीको विकाशमा आफूहरू मरिमेटेर लाग्ने उनको प्रतिबद्धता छ । आफू ललितपुर २ का जनताको सेवामा अन्र्त आत्मादेखि नै समर्पित रहने उनले वाचा गरेका छन् । निष्ठावान् र इमानदारीपूर्वक राजनीतिमा लागेका महर्जन उनी जीवनभर जनताको सेवामा लाग्ने बत्ताउँछन् ।

उत्तर पूर्वी ललितपुरको महालक्ष्मी नगरका १० वटा वडा र ललितपुर महानगरको १७ नम्बर वडा ललितपुरको क्षेत्र नं। ३ अन्तर्गत पर्छ । यहाँ लगभग ३९ हजार मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्