प्रधानमन्त्री देउवाको चार दिन डडेलधुराका जनतालाई



डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबारदेखि आफनो निर्वाचन क्षेत्रको चुनाव प्रचारमा खट्नु हुनेछ । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह जिल्ला जानुभएका देउाव चार दिनसम्म जनतासँग मत माग्न व्यस्त हुने देउवाको सचिवालयले जनाएको छ ।

त्यसका लागि प्रधानमन्त्री देउवा बुधबार ने धनगढी पुग्ने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो । सभापति देउवाको गृहजिल्लाको चुनावी प्रचार अभियानमा युनियनका अध्यक्ष लम्सालसँगै जानुहुनेछ ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त भए पनि देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा पुगेका छैनन् । चुनावी अभियान सुरु उहाँ भएपछि पहिलो पटक जिल्ला जान लाग्नु भएको हो ।

देशभरको चुनावी कार्यक्रममा सम्बोधन गर्दा गर्दै आफ्नो क्षेत्र पुग्न नभ्याउनु भएका देउवालाई उम्मेदवार भए पनि आफनो निर्वाचन क्षेत्रलाई ‘वास्ता नगरेको’ भन्ने आरोप लाग्दै आएको छ । उहाँलाई चुनाव जित्न ठूलो परिश्रम गर्नु नपर्ने र देशभर गठबन्धनका उम्मेदवारलाई जिताउन अन्य क्षेत्रहरुमा खटिनु परेकाले जिल्लामा पुग्न नभ्याएको डडेलधुराका नेताहरुले बताएका छन् । ‘प्रधानमन्त्री बुधबार बेलुकी धनगढी पुग्नुहुन्छ,’ कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भन्नुभयो, ‘धनगढीमा उहाँको विशेष कार्यक्रम केही नभए पनि जिल्ला तहका नेताहरुसँगको सामान्य भेटघाटपछि बिहीबार डडेलधुरा जानु हुनेछ ।’

हरेक निर्वाचनमा पार्टीका कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यसपटक श्रीमती आरजु राणा देउवामार्फत् उम्मेदवारी दर्ता गराउनुभएको थियो । देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा पुगनु भएकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्कनु भएको थियो । डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ ।

देउवा एक साताअघि सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी पुगेपनि आफनो निर्वाचन क्षेत्र नपुगी फर्केनु भएको थियो । स्थानीय तहको निर्वाचनपछि देउवा एक एक मात्र सुदूरपश्चिम पुग्नु भएको थियो भने हालसम्म गृह जिल्ला जानु भएको थिएन । बिहीबारदेखि चार दिनसम्म उहाँले डडलेधुराका नागरिकसँगै मत मागेरे बिताउने देउवाको सचिवालयले जनाएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउने गरी आयोगले अनुमति दिएपछि उहाँ व्यक्तिगत खर्चमा गृह क्षेत्र जानु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्