निर्ब्याजी ऋणदेखि कर फिर्तासम्म एकीकृत समाजवादीका योजना



काठमाडौं । 

आसन्न आमनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई १० लाख रुपियाँ सम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने, तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महशुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र बिजुली उपभोगमा सहुलियत दिन पहल गर्ने जनाएको छ ।

ऊर्जा उत्पादनमा वृद्धि ः राष्ट्रको आर्थिक समृद्धि’ भन्ने नारासहित आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने एकीकृत समाजवादीको नीति रहेको छ । विशेष आर्थिक क्षेत्र तथा उद्योग ग्रामका लागि डेडिकेटेड’ विद्युत् लाइन जडान गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्था मिलाउने नीति सो पार्टीले लिनेछ । तीनै तहको सरकारको सहकार्यमा हरेक घरपरिवारलाई मासिकरूपमा दुई सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडानमा सहुलियत दिन पहल गर्ने भएको छ ।
त्यस्तै किसानले उत्पादन गर्ने प्रमुख खाद्यबालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने, रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानलाई आकर्षित गराउने तथा बर्सेनि हुने मलको अभावलाई अन्त्य गर्नका लागि मल कारखाना स्थापना गर्ने सो पार्टीको नीति रहेको छ ।
त्यस्तै सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र पर्यटकीयस्थलको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गने,तराई–मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरङ, सुनकोसी–कमला र सुनकोसी–मरिन–वागमती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी–बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदीलगायतका डाइभर्सन योजना अगाडि बढाउने योजना पनि एकीकृत समाजवादीको रहेको छ ।

वर्षभरी कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने, ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउनेसमेत एकीकृत समाजवादीको आर्थिक नीति रहेको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्