अनभिज्ञद्वारा मामाघरलाई सहयोग



हेटौंडा । अनभिज्ञ ब्यान्ड हेटौंडाले मामाघर नेपाल मकवानपुरलाई बिहानको खानासहित ३० हजार रुपियाँ सहयोग गरेको छ।

मामाघर नेपाल मकवानपुरको सहयोगार्थ देउसीभैलो कार्यक्रमबाट संकलन भएका रकम अनभिज्ञ ब्यान्डको टोलीले सोमबार मामाघर नेपालको कार्यालयमा पुगेर सहयोग गरेको हो।

ब्यान्डका म्यानेजर तथा कार्यक्रम संयोजक संग्राम बल लामाले देउसीभैलोबाट एक लाख ६१ हजार रुपियाँ संकलन भएको जानकारी गराए। देउसीभैलो खेल्ने क्रममा खर्च भएका रकम कटौती गरेर बिहानको भोजनसहित ३० हजार रुपियाँ सहयोग गरिएको उनले बताए।

उनका अनुसार हेटौंडाको स्वर्गलोक पथ, संगमचोक, चौकीटोल, कमाने, क्याम्पा डाँडालगायत विभिन्न ठाउँमा देउसीभैलो खेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्