नवलपरासी बस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो (नामावलीसहित)



काठमाडौं ।

पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार-२, मथारमा भएको दुर्घटनामा ३० जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीकाअनुसार ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका(९ की ४५ वर्षीय फुलमाया विकको मृत्यु भएको प्रमुख तिवारीले जानकारी दिए ।

मनकामना जाँदै गरेका नारायणी यातायात प्रालीका दुई बसमध्ये एउटा अगाडि बढेको हो र एउटा दुर्घटनामा परेको हो । बस आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए । दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ ।

स्थानीय र प्रहरीले उद्धार गरी सख्त घाइतेहरूलाई नारायणी सामुदायिक अस्पताल भरतपुर र सामान्य घाइते भएकाहरूलाई रामपुर पठाएका छन् । घाइते हुनेहरूमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम वि.क., २१ वर्षीय रिता वि.क, २५ वर्षीय कासीराम वि.क., १ वर्षीय आईसा वि.क., १६ वर्षीय अविनास वि.क., १७ वर्षीय विशाल वि.क., ७ वर्षीय पुष्पा वि.क., ४७ वर्षीय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षीय दिल माया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भीम अस्पतालमा कार्यरत ३२ वर्षीय सुमित्रा वि.क, रम्भा १ भाले ढुङ्गाका १५ वर्षीय रिमा वि.क., रम्भा १ की ३२ वर्षीय सनु सुनार, रम्भा १ का ३८ वर्षीय प्रेम बहादुर सुनार छन् ।

यस्तै २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय वि.क., ३६ वर्षीय मायाँ वि.क., स्याङ्जा गल्याङ ८ का ३५ वर्षीय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षीय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षीय सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षीय अस्मिता सुनार, ४७ वर्षीय ओम बहादुर वि.क., ४५ वर्षीय सेती वि.क. र ४८ वर्षीय शिव कुमारी वि.क. रहेको छन् । चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्