राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता



काठमाडौं ।

बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।

मंलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्