रुपन्देहीमा ९ जना पत्रकार पुरस्कृत



बुटवल ।

रुपन्देहीमा कार्यरत ९ जना पत्रकार एकैसाथ पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आइतबार भएको साधारण सभामा उत्कृष्ट पत्रकारिता, श्रमजिवि पत्रकारिता र शैक्षिक पत्रकारिताबाट ३ तीन जना पुरस्कृत भएका छन् ।

बुटवल उप-महानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका हुन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजिवि पत्रकारिता पुरस्कारबाट क्रमश नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेल पुरस्कृत भएका हुन् ।

त्यस्तै बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारिता पुस्कारबाट कपिल ज्ञवाली, पुजा पन्थी र चन्द्रकान्त खनाल पुरस्कृत भएका हुन । कोरोनामहामारीका कारण दुई वर्षको पुरस्कार वितरण रोकिएको थियो । उत्कृष्ट पुरस्कारको राशि ५० हजार शिक्षा पुरस्कारको १० हजार र सिद्धार्थ पुरस्कारको राशी ५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्