अपूर्वको पक्षमा उभिए कमेडियन



स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज जिल्ला अदालत काठमाडौंको आदेशपछि साढे दुई लाख रुपिया™ धरौटी बुझाएर रिहा भएका छन्।

बुधबार क्षितिजविरुद्ध सरकारी वकिलको कार्यालयले भिन्दाभिन्दै चार कसुरमा मुद्दा दर्ता गरेको थियो। सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथितिमा खलल पुड्डयाएको र सार्वजनिक शान्तिमा खलल पु-याएको आरोप उनीमाथि लगाएको थियो। युट्युबमा अपलोड भएको भिडियोलाई लिएर आलोचना भएपछि अपूर्वले माफी माग्दै त्यसलाई हटाएका थिए।

माफी मागेर युट्युबबाट भिडियो हटाए पनि जाहेरी परेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा थुनामा राखिएका उनलाई कोभिड भएपछि प्रहरीले तारेखमा छोडेको थियो।तर, केही दिनअघि मात्र प्रहरीले उनलाई पुनः पक्राउ गरेको थियो। युट्युबमा अपलोड गरेको भिडियो हटाएर माफी मागेको भिडियो अपलोड गरेका सिंहलाई प्रहरी कार्यालय पुगेको बेला पक्राउ गरिएको थियो। गत भदौ १२ गते पक्राउ परेका उनी कोरोना संक्रमण भएपछि भदौ २२ गते हाजिरी जमानीमा छुटेका थिए भने गत सोमबार हाजिर हुन जाँदा उनलाई पुनः पक्राउ गरिएको थियो।

जसलाई लिएर चौतर्फी विरोध र आलोचना भएको छ। कमेडियन, कमेडीप्रेमीदेखि लिएर दलका नेताले समेत उनको पक्राउविरुद्ध आवाज उठाउँदै आएका छन्। राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले त उनीमाथि ज्यादती भएको जनाउँदै यसलाई समाजमा सद्भाव कमजोर भएको घटनाको रूपमा चर्चा गरेका थिए। ञजातीय भावना, सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजको घटना। जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाती फुलाएर, नेता भएर हि∫डेका छन्। अपूर्व क्षितिजले माफी मागिसके। युट्युबबाट कमेडी हटाइसके। तैपनि, उनीमाथि यो ज्यादती। अति नगरौं। समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी-हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कैयौं देशमा जस्तैु उनले सामाजिक सञ्जालमार्पmत भनेका थिए।

अदालतको आदेशपछि रिहा भएका सिंहलाई कमेडियननहरूले साथ दिइरहेका छन्। विशाल गौतम, हिमेश पन्त, आदर्श मिश्रालगायतका अन्य स्ट्यान्डअप कमेडियनले अपूर्वको लागि भन्दै आर्थिक संकलन अभियानसमेत सुरु गरेका छन्। विशाल गौतमले फेसबुकमार्फत अपूर्वका बुवा जयशंकर सिंहको एनआईसी एसिया बैंकमा रहेको खातामा अर्थ संकलन सुरु गरेका हुन्। ञहामी सबै कमेडियन मिलेर अपूर्व क्षितिज सिंहको बुबाको खातामा पैसा डोनेट गर्न लागिरहेका छौँ। यो होइन कि उसले तिर्न सक्छ वा सक्दैन, तर यदि बोलेको मूल्य चुकाउन तिर्नपर्छ भने म पनि तयार छु। हाम्रा सबै कमेडियन तयार हुनुहुन्छु विशालले भिडियो सन्देशमा भनेका छन् ञयो देशमा बसेर बोलेको मूल्य चुकाउनुपर्छ भने म पनि मूल्य चँकाउन तयार छु। अरू केही भन्न पनि सकिरहेका छैनौ™। लाचार छौ। गर्न केही पनि सकिरहेका छैनौ ।

प्रतिक्रिया दिनुहोस्