आगामी निर्वाचन परिवर्तनको रक्षक र भक्षकबीचको लडाइँ हो : प्रचण्ड



बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नु भएको छ ।

सत्ता गठबन्धनले बुटवलमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन दलका नेता कार्यकर्ताहरुले आफ्नो पार्टीको उम्मेदवारलाई मात्र भोट नहाली गठबन्धनकाका सबै उम्मेदवारलाई हाल्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान लिन नहुने जिकिर गर्नुभयो । ‘हामी सबै आज यहाँ आएको एक छौं भन्ने सन्देश दिन आएका हौं’, प्रचण्डले भन्नुभयो, ‘तपाईंहरू अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस् ।’

प्रचण्डले शीर्ष नेताहरु गठबन्धन एक भएको सन्देश दिन देशव्यापी दौडाहामा निस्किएको जिकिर समेत गर्नुभयो । संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन जरुरी रहेको जिकिर गर्नुभयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गदैृ प्रचण्डले आगामी निर्वाचन परिवर्तनको रक्षक र भक्षकबीचको लडाइँ भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्