सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित)



????????????????????????????????????

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

आज (बुधबार) अर्यालले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका दाहाललाई दर्ज्यानी
चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।

उहाँले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशिल रहनुका साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीति अनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजश्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले–भन्नुभयो ‘संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ ।’

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्