इरिना किड क्विन नेपाल



नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार साँझ सम्पन्न प्रतिभामूलक प्रतियोगितामा रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षीया इरिना महर्जनले किड क्विन नेपाल २०२२ को उपाधि चुमेकी छन्।

१८औं संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्वीर मिस फोटोजेनिकको उपउपाधि पनि जितेकी छन्। जमलस्थित राष्टिझय नाचघरमा सम्पन्न प्रतियोगितामा खोप्रिङ इंग्लिस एकेडेमीको कक्षा ७ मा अध्ययनरत भक्तपुरको सूर्यविनायककी इप्सा प्रजापति फस्ट र जनज्योति सेकेन्डरी इंग्लिस स्कुलको कक्षा ५ मा अध्ययनरत कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनर्रअप भएका छन्। विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढाइएको प्रतियोगितामा सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ति रेग्मी मिस ट्यालेन्ट फस्ट रनर्सअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप र तस्वीर मिस फोटोजेनिक, तृप्ति वैद्य सोसियल वेलफर एम्बेसडर, श्रीषा श्रेष्ठ सोसियल वेलफर एम्बेसडर फस्ट रनर्सअप, कृष्पी पौडेल सोसियल वेलफर एम्बेसडर सेकेन्ड रनर्सअप र मिस चार्मिङ, पलिस्था कुटुव बेस्ट ड्रेस, मार्था तामाङ मिस क्याटवक, प्रार्थना बज्राचार्य मिस क्युट, सुबारिया श्रेष्ठ मिस कल्चर, गृष्मा राजचल मिस पर्सनालिटी, आस्था थापा मगर बेस्ट हेयर, सकिरा तामाङ बेस्ट स्किन, सफलता प्रधानांग बेस्ट स्माइल, परी मगर मिस इलिजेन्ट, ममता श्रेष्ठ र ज्योति खत्री मिस डिसिप्लेन, ट्रेक्षी चित्रकार मिस इनोसेन्ट तथा निर्जला कौसिला र नसिका ठकुरी मिस फ्रेन्डसिप उप-उपाधि विजेता भएका छन्।

९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले स्पर्धा गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलले समाजको लागि यसखाले प्रतियोगिता उपयोगी हुने चर्चा गर्दै प्रतियोगितामा जित्नेबित्तिकै सफल हुन्छु, चर्चामा आउँछु भनेर सोच्न नहुने बताइन्। ञमैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरेँ। बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनु भएको छ। त्यसैले आप्mना बालबालिकासँग भएको प्रतिभा पहिचान गनुपर्छ। अभिभावकले बालबालिकाले हारेपछि अझ बढी कुरा जान्दछन् भनेर बुभ्mनुपर्छ र सन्तानले प्रयास छोड्नु हुँदैनु डंगोलको भनाइ थियो।

आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोल, मिस नेवाः ११४२ सलिना महर्जन, मिस नेवाः ११३९ फस्ट रनर्सअप संगीता महर्जन र मिस नेवाः ११४२ फस्ट रनर्सअप सविना बज्राचार्यको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकमका ब्यबस्थापक सरोज शाक्य प्रमुख निर्णायक रहेका थिए। त्यसैगरी, एनआरएन यूकेका प्रथम निर्वाचित अध्यक्ष अशोकबाबु श्रेष्ठ, नेपाल क्योकुसिन सेइसिन काइकन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, -यापर निर्णय श्रेष्ठ, मिस नेवाः ११३६ फस्ट रनर्सअप रेजिशा डंगोल, साहित्यकार एवं उद्यमी अञ्जना ताम्राकार, साहित्यकार ज्ञान्दरी कैरी भट्ट, ब्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए।

मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न प्रतियोगिता मिस नेवाः नेपाल प्रजिता श्रेष्ठ र प्रिया तन्डुकार तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जनको कोरियोग्राफीमा भएको थियो। बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्मविश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन्।

प्रतिक्रिया दिनुहोस्