धादिङमा जताततै पहिरो, एक जना बेपत्ता



सीताराम अधिकारी, धादिङ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश भू–भागमा पहिरो गएको छ । पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा मकवानपुर थाहा नगरपालिका–५ का ३९ वर्षीय सूर्यप्रसाद ढकाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।

आज (बिहीबार) ढकाल दसैँको टीका लगाउन ससुरालीबाट घर फर्किने क्रममा निगाले खोलाले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता ढकालको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्