यू-१७ एसियन कप छनोट सुरु : आज नेपालले थाइल्यान्डसँग खेल्दै



काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ ।

भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट सुरु हुँदैछ । नेपाली टिमको नेतृत्व प्रशान्त लक्समले गर्दैछन् भने प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् ।

समूह एफमा नेपाल र थाइल्यान्डसँगै चाइनिज ताइपेइ र घरेलु टोली भियतनाम छन् । समूहको शीर्ष स्थानमा रहने टिम फाइनल प्रतियोगिताका लागि छनोट हुनेछ । १० समूहमध्ये उत्कृष्ट ६ उपविजेता पनि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्