मनास्लु हिमपहिरोमा एक जना बेपत्ता



गोरखा।

मनास्लु हिमपहिरोमा एक जना बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविर बीचमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो । हिमपहिरोमा परिी सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपक्ता भएको उनले बताए ।

उनको पहिचान खुल्न सकेको छैन । बेपत्ताको खोजीका लागि आइतबार दिउँसोदेखि नै सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको एसपी खनालले जानकारी दिए । आइतबार दिउँसो एभरेष्ट एयरको हेलिकप्टरबाट केहीबेर बेपत्ताको खोजीको प्रयास भएको र पछि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको छ ।

गत सोमबार बिहान गएको हिमपहिरोम पुरिएर हाई अल्टिच्युड गाइड अनुप राईको मृत्यु भएको थियो । पहिरोबाट १० जनाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्