मण्डनदेउपुरमा शुरु भयो लायन्स क्लब



काभ्रे।
मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक लायन्स क्लब स्थापना गरिएको छ । लायन्स क्लवको पदस्थापन, सपथ ग्रहण, परिचयात्मक कार्यक्रम तथा शुभकामना आदान प्रदान मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । मण्डन देउपुर लायन्स क्लबको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् ।

लायन्स क्लब अफ काभ्रे बनेपाले मण्डन देउपुर लायन्स क्लब स्थापनाका लागि सहजिकरण तथा समन्वय र ब्यवस्थापन गरेको थियो । अध्यक्ष पदम श्रेष्ठ, पूर्व अध्यक्षहरु अमन पोटे, विद्यान जोशी, रामराजा धौभडेल, महेन्द्रलाल श्रेष्ठ, भवसागर रञ्जित लगायतले मण्डन देउपुर लायन्स क्लवलाई थप संस्थागत विकासका लागि निरन्तर समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकामा प्रमुख टोकबहादुर वाईवाले स्थानीय स्तरको विकास र समन्वयका लागि लायन्स सामाजिक र मानसिक सेवाका लागि महत्वपूर्ण संस्था स्थापना भएको बताउनु भयो । उपप्रमुख विष्णुमणी नेपालले लायन्स क्लवको स्थापनाले मण्डनदेउपुर नगरपालिकाको विकास र समृद्धीमा थप आयाम हुने बताउनु भयो ।

लायन्स क्लवका डिस्ट्रिक गर्भनर उत्तमप्रसाद झाले नव निर्वाचित टिमलाई सपथ गराउनुका साथै संस्थागत विकास र जिम्मवारीका साथै लायन्सको लक्ष्य र उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो । लायन्समा विश्वभर १४ लाख सदस्य छन् भने हरेक वर्ष लायन्स मार्फत ४२ करोड भन्दा धेरै मान्छेहरुलाई सेवा प्रदान गरिरहेको छ ।

कार्यक्रममा लायन्स क्लवले जिल्ला तथा नेपाल र अन्र्तराष्ट्रिय स्तरमा खुल्ला अनौपचारिक विश्वविद्यालयको कार्य गरिरहेको डिस्ट्रिक गर्भनर उत्तमप्रसाद झाले बताउनु भयो ।

नव निर्वाचित अध्यक्ष गुरुप्रसाद ढकालले पहिलो पटक मण्डन देउपुर नगरपालिकामा शुरु भएको क्लवले स्थानीय सरकारसँगको समन्वयमा सामाजिक र मानविय सेवामा समन्वयका साथ कार्य गर्ने बताउनु भयो ।

सोही अवसरमा मण्डन देउपुर नगरपालिकाको स्वास्थ्य शाखा मार्फत वितरण हुने गरी लायन्स क्लव अफ मण्डन देउपुरले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्