सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा २ सय रुपियाँले बढेर ९३ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ५ सय सय रुपियाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी तोलाको ११ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्