गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जना पक्राउ



काठमाडौं ।

काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गाोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको प्रहरी उच्च स्रोतले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ।

सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गत ३ असोजमा हत्या भएको थियो।

मोटरसाइकलमा आएका व्यक्तिले उनलाई गोली हानेर भागेका थिए।

 

प्रतिक्रिया दिनुहोस्