मुटु रोगीहरुको उपचारका लागि पूर्वमन्त्री आलेको आर्थिक सहयोग



काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा निर्तमानमन्त्री प्रेमबहादुर आलेले मुटु रोगले पीडित भएर लामो समयदेखि काठमाडौँमा उपचार गराइ रहेका डोटीका दुई जना नावालकहरुको उपचारका लागि ५५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

मुटुरोगको समस्याका कारण काठमाडौँको गङ्गालाल हृदय केन्द्रमा उपचार गराई रहेका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका तेजबहादुर पार्कीका २ वर्षीय छोरा कृष्ण पार्की तथा डोटीकै आर्दश गाउँपालिका–५ बस्ने गोरे सिलालकी ७ वर्षीया छोरी पवित्रा सिलालको उपचारका लागि रु ५५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

पार्कीको उपचारका लागि २५ हजार तथा सिलालको उपचारका लागि ३५ हजार निर्वतमान मन्त्री आलेले अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । आफ्ना नावालक छोरा छोरीको उपचारका लागि पूर्वमन्त्री आलेले अस्पतालमै पुगेर आर्थिक सहयोग गर्नुभएपछि उपचारमा सहज भएको भन्दै बिरामीका आफन्तहरु निकै खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्