लुका मोड्रिच चोटग्रस्त



 एजेन्सी ।

स्पेनिस क्लब रियल मेड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिच चोटग्रस्त भएका छन् ।
अस्ट्रियाविरुद्ध भएको खेलमा क्रोएसियाका कप्तान समेत रहेका मोड्रिचले चोट बोकेका हुन् । अस्ट्रियाविरुद्ध ३–१ गोलअन्तरको जित निकालेको उक्त खेलमा चोट बोकेपछि मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् । मोड्रिचले नेसन्स लिगको दुवै खेल खेल्दा दुवैमा पूरा समय मैदानमा बिताएका थिए । उनकै उच्च प्रदर्शनमा क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । क्रोएसियासँगै नेदरल्यान्ड्स, इटाली र स्पेन नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् ।

चोट बोकेपछि ३७ वर्षीय मोड्रिच १० दिन मैदान बाहिर रहँदा उनले कम्तीमा पनि तीन खल गुमाउने भएका छन् । बुधबार रियलसँगको प्रशिक्षण दौरान मोड्रिचको चोट पुष्टि भएको हो । अब मोड्रिचले ला लिगमा ओसासुना, च्याम्पियन्स लिगमा शाख्तर डोनेस्क र ला लिगामै गेटाफेविरुद्धको खेल गुमाउनेछन् । मोड्रिच च्याम्पियन्स लिगमा शाख्तर र बार्सिलोनाविरुद्धको खेलमा फर्कने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्