हिनालाई उपाधि



राजधानीमा सम्पन्न मिसेस नेपाल पिस २०२२ को उपाधि हिना शुक्लाले जितेकी छन्। प्रतियोगीतामा रीमा खड्का फस्ट, सुविना शाक्य सेकेन्ड, सीमा सराफ थर्ड र रेशमा पुरी फोर्थ रनर्सअप भए।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ मिसेस नेपाल पिस उपाधि प्रदान गरिएको प्रतियोगितामा उनका साथमा राजभाइ सुवाल, सीता पाठक, आस्था साख र सिर्जना जोशी निर्णायक रहेका थिए।

एमी इन्टरटेन्मेन्टको आयोजना सम्पन्न प्रतियोगीतामा हिरादेवी श्रेष्ठ मिसेस ट्यालेन्ट, सबी ह्यौमिखा म्यानेजमेन्ट च्वाइस, रीमा खड्का बेस्ट पर्सनालिटी, सपना श्रेष्ठ बेस्ट स्माइल, अञ्जु ढुंगाना पब्लिक च्वाइस र बिनिता प्रधान भिवर्स च्वाइस भएका छन्। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्