९ अभिनेत्रीलाई नवदुर्गा सम्मान



विजयादशमीको अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच नयाँदेखि पुराना पुस्ताका नौ अभिनेत्री तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट सम्मानित भएका छन्।

सहिद फिल्म्स् प्रालिको साथमा अभिनेत्री रेजिना उप्रेतीको होम प्रडक्सन रेजिना इन्टरटेनमेन्ट प्रालिद्वारा उपराष्टझपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट सम्मानित गरिएको हो।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र आयोजक सस्थाकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले सम्मान प्रदान गरेका थिए। समारोहमा बोल्दै बोर्डका अध्यक्ष केसीले राष्ट्रिय फिल्मलाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने विषयमा आफू सचेत रहेको जनाए। ञफिल्मकर्मीले भोगेको अप्ठेराहरूलाई सहज गर्नका लागि मलाई सरकारले बोर्डमा पठाएको छ। यद्यपि, चाहँदा चाहँदै पनि कतिपय कुरा नियम कानुनका कारण कार्यन्वयनमा नआएकाले ती नियम कानुन सच्याउनुपर्नेछु भुवनको भनाइ थियो।

सञ्चारकर्मी तथा फिल्मकर्मी दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रममा सम्मानित अभिनेत्रीको तर्फबाट बोल्दै अभिनेत्री ऋचा शर्माले सम्मान भनेपछि फिल्म अवार्डको रूपमा मात्र सम्झने गरेको फिल्मी कार्यक्रममा मात्र सम्मान थापे पनि फरक खालको समारोहमा नयाँ देखि पु राना अभिनेत्रीका साथ सम्मानित भएकोमा आफूहरूहर्षित भएको बताइन्। आयोजक संस्थाकी अध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीलले नेपाली फिल्मलाई प्रतिनिधित्व गर्ने अभिनेत्रीहरूको योगदानको मूल्याकंन गरेर सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्