कार्की कामु प्रधानन्यायाधीश



काठमाडौं ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश हुनुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्नुभएको हो ।

संविधानमा प्रधानन्यायाधीशले देश बाहिर गएपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था रहेको छ ।आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाश लिनुुहुनेछ । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी कार्कीले सम्हाल्नुहुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । राणाको महाअभियोग अहिलेसम्म टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्