शिक्षक फुटसल उपाधि भानुलाई



हेटौंडा ।

मकवानपुरगढी गाउँपालिकास्तरीय शिक्षक फुटसल प्रतियोगिताको उपाधि भानु माविले हात पारेको छ । आइतबार भएको फाइनलमा रुपनारायण माविलाई ६–१ गोलअन्तरले पराजित गर्दै आयोजक भानु मावि विजयी भएको हो ।

विजयी भानु माविले १५ हजार र उपविजेता रुपनारायण माविले १० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा तेस्रो हुने शारदा माविले ५ हजार नगद हासिल ग-यो ।

भानु माविका मुकेश चौलागाईं उत्कृष्ट खेलाडी घोषित भए भने रुपनारायण माविका मनमोहन देबकोटा सर्वाधिक गोलकर्ता बनेका छन् । भानु माविका सुमन थिङ उत्कृष्ट डिफेन्डर र शिवराम फुयाँल उत्कृष्ट गोलकिपर घोषित हुँदै पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्