सिन्दुरको पिडा प्रसारणमा



सिन्दुरको पीडा नामक सामाजिक सिरिज मुखाँ हान्नुजस्तो युट्युब च्यानलमार्फत प्रसारणमा आएको छ। हालैबाट पहिलो भाग प्रसारण सुरु भएको सिरिजमा किसन अर्यालको लेखन, भीमसेन अधिकारीको निर्देशन तथा लोकप्रिय हास्यव्यंग्य अभिनेता तथा निर्देशक शिवहरि पौड्यालको निर्माण रहेको छ।

महिला हिंसाविरुद्ध सचेतनामूलक विषयमा निर्मित सिरिजमा सविता गुरुङ, राधा श्रेष्ठ, उत्तम केसी कोदे, मनीष श्रेष्ठ, विनोद केसी र सुस्मिता केसीको अभिनय रहेको छ। सञ्जय राईको छायांकन रहेको सिरिजमा सुरेश श्रेष्ठको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्