हिजोआजका कुरा जिल्ला यात्रामा



आगामी असोज २८ गते अल नेपाल रिलिज हुने फिल्म हिजो आजका कुरा जिल्ला यात्रा शुरू गरेको छ।ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले करिब १२ वर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भई दर्शकबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला हिजो आजका कुराकै नामबाट आप्mना कलाकर्मी पुत्र साकार पन्तको निर्देशनमा निर्माण गरेको फिल्मबारे जानकारी गराउन जिल्ला यात्रा शुरू गरेका हुन्।

फिल्मका मुख्य कलाकार सम्मिलित टोलीले शुक्रबार नेपालगञ्ज पुगेर भाटभटेनी सुपरमार्केटमा दर्शकसँग साक्षात्कार गरेको छ।नेपालगंजपछि फिल्मको जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर-धरान, इटहरी र विराटनगर पुगेको छ। फिल्मका मुख्य कलाकारह सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिव्यदेव, विनय कुईंकेल, अनुष्का अधिकारीका साथ निर्देशक साकार पन्तले दर्शकसँग भलाकुसारी गरेका थिए

मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन, हेटौंडालगायतका सहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। गीत-संगीत तथा ट्रेलरबाट समेत दर्शकको ध्यान तान्न सफल फिल्ममा नेपाली समाजको बर्तमान अवस्था, पारिवारिक आरोह-अवरोह, नेपालीको विदेश मोहलगायतका विविध समसामयिक विषय उठान गरीएको निर्देशक पन्तले जानकारी गराए। पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा कथा अभिनेता पन्तकै छ भने पटकथा सन्दीप किस्नाले तयार पारेका छन्। रवि सायमीले खिचेको फिल्ममा कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय र संचितकुमार मिश्र छन्।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्