पौडी खेल्न गएका तीन जना बालक बेपत्ता



हेटौंडा । तीन जना बालक बेपत्ता भएका छन् । आज (शुक्रबार) खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका हुन् ।

साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएका थिए । तीमध्ये एक जना बालकको उद्धार गरिएको छ ।

ती बालकका अनुसार उनीहरु हेटौंडा–१५, फायरलाइनबाट पौडी खेल्न आएका थिए ।

हराइरहेका बालकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको उद्धार टोलीले खोजी गरिरहेको बताइएको छ ।

हराएका बालकको पहिचान नखुलेको प्रहरी निरीक्षक केशरकुमार न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्