रूकुमपूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु



रूकुम । 

रूकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंदेखि रूकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँले मृत्यु भएकाको परिचय खुल्न नसकेको बताउनुभयो ।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्