युवराज र अनुष्काले ल्याए हाम्रो सम्बन्ध



गायक गायिका युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा हाम्रो सम्बन्ध बोलको गीत सार्वजनिक भएको छ। अनुष्काकै शब्द रहेको गीतमा संगीत गायक युवराजले भरेका छन्।

मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ। गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् भने गायक गायिका युवराज र अनुष्का नै भिडियोमा देखिएका छन्।

जी-२१ डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्