एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची



काठमाडौं।

नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि बुझाउने तयारी गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्