विभिन्न पदकवाट विभूषित गर्न लुम्बिनी सरकारद्धारा ६१ जनाको नाम सार्वजनिक



बुटवल। 

संविधान  दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै लुम्बिनी प्रदेश सरकारले प्रदेशका ६१ जनालाई विभिन्न पदकवाट विभूषित गर्ने गरी नामावली घोषणा गरेको छ ।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित समितिले पदक पाउनेहरुको नाम छनोट गरी सरकारलाई सिफारिस गरेको थियो ।

प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरी आगामी फागुन ३ गते प्रदेश स्थापना दिवसका दिन एक विशेष समारोहका बीच पदक वितरण गर्ने गर्दछ ।

प्रदेश प्रमुख जनसेवा पदक तृतीय रुपन्देहीका जनार्दन यादव (मरणोपरान्त), पाल्पाका जित बहादुर थापा (घाइते) ले पाउने हुनु भएको छ ।मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेले पाउने हुनु भएको छ  ।

यस्तै प्रदेश सेवा समर्पण पदक प्रथम दाङका डा. विकास देवकोटा,बर्दियाका पूर्णमान वली (अपाङ्गता भएका), गुल्मीकी सीता घिमिरे, नवलपरासी पश्चिमका मोहन पाण्डे, रुपन्देहीका पुष्पराज पाण्डे,दाङका शिव प्रसाद चौधरी, बर्दियाका टंक बहादुर गुरुङ, रुपन्देहीका डा. परवेज आलम, बाँकेकी शारदा कुमारी चौधरी र नवलपरासी पश्चिमका डा.कुन्दन कुमार सिंहले तथा प्रदेश सेवा समर्पण पदक तृतीय रुकुम पूर्वका भोग बहादुर खत्रीले पाउने हुनु भएको छ  ।

यस्तै उजीरसिंह दीप पदक द्वितीय बर्दियाका मुकुन्द प्रसाद रिजाल,बाँकेकी रन्जु के.सी.,दैलेखका हृदयेशकुमार सापकोटा,कपिलवस्तुका नवीन चुदालीले तथा उजीरसिंह दीप पदक तृतीय अर्घाखाँचीका दामोदर मल्ल, पाल्पाका मदन गैरे,प्युठानका सुरेन्द्र के.सी., बाँकेका मोहन विष्टले पाउने हुनु भएको छ  ।

यस्तै समाजसेवा श्री पदक द्वितीय दाङका डा. किशोर खत्री,दाङकै विमल रिजाल,दाङकै टोप बहादुर घर्ती, बाँकेका मोहम्मद इरफान सिद्दिकी, प्युठानका मेघराज कक्षपति र बुटवलका खेमराज पुन (मरणोपरान्त) ले तथा समाजसेवा श्री पदक तृतीय बर्दियाकी सितारानी थारुले पाउने हुनु भएको छ ।

यस्तै प्रदेश रत्न पदक प्रथम दाङका कृष्णराज सर्वाहारी, दाङकै नारायण खड्का (पत्रकार)ले पाउने हुनु भएको छ  ।

प्रदेश रत्न पदक द्वितीय गुल्मीका भूपाल पोखरेल,बर्दियाका भीम प्रसाद वाग्ले रोल्पाका हरि बहादुर वली,रुपन्देहीका आशुतोष बराल,कपिलवस्तुका जीवन गिरी,रुपन्देहीका शिवनन्दन जयसवाल,रुपन्देहीकै हरिकेश यादव,दाङका गिरीराज शर्मा,पाल्पाका केशव बहादुर कार्की, दाङका पूर्ण बहादुर चौधरी (मरणोपरान्त),रोल्पाकी पवित्रा घर्तीमगर,कपिलवस्तुका मेघराज ज्ञवाली र दाङका जगतराम यादव तथा प्रदेश रत्न पदक तृतीय रुकुम पूर्वका कर्ण बहादुर बुढामगर,प्युठानका ध्रुव गन्धर्व,कपिलवस्तुका मनोज पौडेल, कपिलवस्तुकै टिकाराम अर्याल, दाङका शिव खनालले पाउने हुनु भएको छ ।

यस्तै प्रदेश प्रज्ञा पदक द्वितीय बाँकेका डा. इन्द्रबहादुर भण्डारी,गुल्मीका प्रा.डा. लक्ष्मण ज्ञवाली तथा प्रदेश प्रज्ञा पदक तृतीय नवलपरासी पश्चिमका अमिर आजम मियाले पाउने हुनु भएको छ ।

यस्तै प्रजापति गौतमी पदक द्वितीय रोल्पाकी औँसी बि.क.,प्युठानकी राधा घिमिरे (मरणोपरान्त) तथा प्रजापति गौतमी पदक तृतीय बाङ्गकेकी मिना शर्माले पाउने हुनु भएको छ ।यस्तै दङ्गिशरण बलिहाङ्ग पदक द्वितीय रुपन्देहीका चन्द्रिका यादव (मरणोपरान्त) तथा दङ्गिशरण बलिहाङ्ग पदक तृतीय बर्दियाका लल्लुराम थारु प्युठानका गोबर्धन थापा,कपिलवस्तुका मनोज पौडेल, रुपन्देहीका दुर्गेश यादव (मरणोपरान्त) ले पाउने हुनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्