तातोपानी र रसुवागढी नाका आजदेखि सञ्चालनमा



काठमाडौं ।

डेढ महिनादेखि बन्द भएको चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानी नाका सञ्चालनमा आएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्