राजेशपायलको गजल सार्वजनिक



पत्रकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा सावनको भेलजस्तो बोलको गजल म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गायक राईले पहिलोपटक गजल गाएका हुन्। गजल क्षत्रीको झरी गीति गजल संग्रहमा संगृहित छ। गजलमा संगीत र संगीत संयोजन जुगल डंगोलको रहेको छ।

प्रवीण भुसाल र सरिता भारतीको अभिनय रहेको गजलको भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी, टंक केसी र ज्ञानु राईको छायांकन, वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ। विलक्षण क्रियसन प्रालिद्वारा निर्मित भिडियो विन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्