बलात्कार आरोपमा फरार रहेका उपप्रमुखले गरे प्रहरीसमक्ष आत्मसमर्पण



सिरहा । बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । शुक्रबार उनी कानुन व्यवसायीमार्फत लहान प्रहरीमा हाजिर भएका हुन् ।

उनको लहानस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीया युवतीमाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ । ती महिलाले साउन ४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी परेका खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्