जनताले कहिले पाउलान् निःशुल्क स्वास्थ्य सेवा



हामीहरू बिरामी भएपछि औषधी किन्नका लागि मेडिकल जान्छौँ । मेडिकलमा औषधी बिक्रीवितरण गर्ने मानिस वा व्यवसायीहरूले हामीलाई चेकजाँच नै नगरी औषधी दिने गर्दछ ।

यसरी चेकजाँच नै नगरी औषधी दिँदा एक रोग लागेको छ भने व्यापारीले अर्को रोगको औषधी दिने गर्छ । त्यस्तो औषधी खाँदा बिरामी निको हुनुको साटोमा झन् अर्को रोगको सिकार हुने गर्छ । यस्ता मेडिकलहरू कतिपय त दर्ताबिना नै चलाइरहेको पाइन्छ । सरकारले कति औषधीहरू जनतालाई निःशुल्क रूपमा दिने भनेर निर्णय गरेको छ । जनताहरू दिनभरिको बाटो हिडेर सरकारी जनस्वास्थ्य कार्यालयमा जाँदा त्यहाँ निःशुल्क दिने औषधी छैन भनेर खाली हात पठाइन्छ । सरकारद्वारा जनस्वास्थ्य कार्यालयमा जनताको लागि भनेर निःशुल्क पठाएको औषधीहरू त्यहाँका कर्मचारीहरूले जनतालाई नदिई मेडिकलहरूमा लगेर बेच्ने गर्छन् ।

जनताले तिरेको करबाट सरकारले जनतालाई औषधी निःशुल्क रूपमा दिएको हुन्छ तर यसरी औषधी किन्दा पनि स्वास्थ्य मन्त्री, सचिव वा विभागका महनिर्दैशकहरूले कमिसन खाने गर्छन् ।साथै यता गरिब जनताका लागि भनेर आएको निःशुल्क औषधी पनि स्वास्थ्य कार्यालयका कर्मचारीहरूले बेचेर पैसा कमाउँछन् । गरिब जनताहरू औषधी नपाएर मरिपरिहेका छन् तर सरकारी कर्मचारीलाई केही चासो छैन । यस्तो हुँदा पनि सरकार किन अनुगमन गर्दैन । स्वास्थ्य कार्यालयमा सरकारद्वारा आएको निःशुल्क औषधीहरू जनताको हातमा पनि जादैँन र सरकार पनि अनुगमन गर्दैन ।

जनताले निःशुल्क औषधी पाएनन् भनेर वडाध्यक्ष र मेयर पनि बोल्दैनन् बरु उनीहरू पनि कमिसनमै फुर्किन्छन् । आफ्नो वडा वा गाउँपालिकामा सरकारले कति निःशुल्क औषधीहरू पठाएको थियो भनेर न त्यहाँका जनतालाई नै थाहा हुन्छ न सञ्चारकर्मीलाई नै थाहा हुने गर्छ । कर तिर्ने जनता, औषधी किन्ने रकम पनि जनता कै तर त्यो सबै खाने तै सरकारी कर्मचारीहरू ।

जनताकै मतदानबाट वडाध्यक्षदेखि राष्ट्रपतिसम्म हुने गर्छन् र तलबभत्ता खाएर चिल्लो गाडी चढ्छन् तर जनतालाई भने एउटा सिटामल पनि निःशुल्क नपाएर मरिरहेका छन् । सरकारले जतिसुकै औषधीहरू जनताको नाममा पठाएर पनि ती औषधीहरू जनताले कहिल्यै देख्न पाउँदैनन् । सरकारले जनताको नाममा पठाएको निःशुल्क औषधीहरू स्वास्थ्य क्षेत्रमा आवद्ध सरकारी कर्मचारीले बेचर खाने गर्छन् ।

उनीहरू जनताले नै तिरेको करबाट तलबभत्ता खाने गर्छन् तर जनतालाई नै निःशुल्क औषधी नदिएर मार्नै गर्छन् । पैसाका निम्ति जनतामाथि यसरी खेलबाड गर्ने गर्छन् । के यस्ता भ्रष्टाचारी वा दलाली कर्मचारीहरूले हामी सरकारी कर्मचारी हौँ भनेर भन्न सुहाउँछ । अहिले गाउँदेखि सहरसम्म र बुढोदेखि बच्चासम्मले नेपालका सरकारी कर्मचारीले आज नेपाल नै डुबायो भनेर भन्ने गर्छन् ।सहरतिर दश घरको फरकमा मेडिकलहरू भेटिन्छ तर गाउँतिर एउटा वडामा एउटा मेडिकल समेत छैन । के गाउँका मानिस चाहिँ बिरामी हुँदैनन् के उनीहरू चाहिँ नेपाली नागरिक होइनन् । औषधी बेच्ने मेडिकलहरू नाफा कमाउन सहरतिर केन्द्रित हुन्छन्भने गाउँतिर हुने गर्दैन । अहिले पनि गाउँमा कोही मानिसलाई ज्वरो आएमा एक दिनको बाटो हिडेर सिटामोल किन्न जानुपर्ने बाध्यता रहेको छ ।

गाउँतिर आज पनि मेडिकल वा आर्थिक कमजोरीका कारण कयौँ मानिसहरू ज्वरोका कारण मरिरहेका छन् । गाउँबाट कोही बिरामी बोकेर मेडिकल वा अस्पताल ल्याए पनि ऊसँग पैसा छैन भने अस्पतालले उपचार पनि गर्दैन र औषधी पनि दिँदैन । सरकारी अस्पतालमा पनि बिरामीको पहिला चेकजाँच गर्नुअघि नै डाक्टर, नर्सले बिरामीलाई पैसा बुझाउनु भनेर भन्ने गर्छन् । पैसा काउन्टरमा डिपोजिट नगरेसम्म सरकारी अस्पतालमा पनि डाक्टर तथा नर्सले बिरामीलाई छुने गर्दैनन् ।

निजी अस्पतालमा त बिरामी भर्ना गर्नुअघि नै यो मानिस कतिको धनी छ भनेर सम्पूर्ण जानकारी पत्ता लगाइन्छ । उनीहरू मानिस धनी भएमा भर्ना गर्छन् तर गरिब भएमा बेड छैन वा डाक्टर छैन भनेर फकाउने गर्छन् । निजी अस्पतालहरूले मानिस मरे पनि त्यो मानिसको उपचार भइरहेको बताएर बिरामीको आफन्तसँग पैसा लिने गर्दछ । यी अस्पतालहरूमा उपचार गर्न जानु भनेको आफनो घरखेत नै सिध्याउनु हो । पछिल्लो समय निजी अस्पतालहरूको ठगको धन्दा निकै मौलाएकोले जनताको नजरमा निजी अस्पतालहरू ठग हुन् ।

निजी अस्पतालहरूमा बिरामीले तिर्ने बेड चार्ज पनि यिनीहरूले नै तोकेका हुन्छन् । यी अस्पतालहरूले जनतालाई उपचारको नाममा लुटिरहेका छन् । निजी अस्पताल, विद्यालय, कलेज आदिहरूमा सबै लगानी राजनीतिक दलहरूको रहेको हुन्छ र यिनैहरूले नै पर्दाभित्र बसेर शिक्षा र स्वास्थ्यको नाममा जनता ठगिरहेका छन् । अहिले गरिब जनताहरू उपचार गर्ने पैसा नभएर रोगका कारण मरिरहेका छन्भने नेपालका राजनितिकका दलका नेता वा सरकारको उच्च पदमा पुगेकाहरू नेपालमा उपचार नगरिने जनताले तिरेको करबाट विदेशमा गएर उपचार गरिरहेका छन् ।

जनतालाई स्वास्थ्य निःशुल्क भनेर झुक्याए पदमा पुग्ने र पदमा पुगेपछि औषधी खाने कम्पनीसँग कमिशन खाएर स्वास्थ्य सेवा झन् महंगो गर्ने यस्ता दोहोरो चरित्र भएका मानिसहरूको दिन कहिले अन्त्य हुन्छ । कति मानिसहरूसँग पैसा हुँदैन तर रोग लागेर बिरामी भइरहेका हुन्छन् । त्यस्ता मानिसहरूलाई न मेडिकलले नै उधारोमा औषधी दिन्छ न उसले किनेर नै खान सक्छ । मेडिकलहरूले औषधी नदिँदा त्यो मानिस मर्नुपर्ने स्थितिमा पुग्ने गर्छ । सरकारी वा निजी अस्पतालको छेउमा औषधी बेच्न राख्ने पसलेहरूले डाक्टर ,नर्सहरूलाई कमिशन दिन्छन्र बिरामीलाई आवश्यक नै नपर्ने औषधीहरू लेख्न लगाउँछन् । यता डाक्टर, नर्सहरूलाई कमिशन भए पुग्छ भने उता बिरामीको आफन्तसँग औषधी किन्ने पैसा छ वा छैन भनेर उनीहरूलाई कुनै मतलब हुँदैन ।

औषधी बनाउने कति निजी कम्पनीहरूले औषधीमा विभिन्न मिसावट गरेको हुन्छ र त्यो औषधीहरू खानयोग्य वा गुणस्तर छ वा छैन भनेर स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयले पनि अनुगमन गर्दैन । औषधी बनाउने कम्पनीहरूले आफू कमाउनका लागि रोग निको नहुने, तौल घटबढ गर्ने र गुणस्तरीय नहुने खालका औषधीहरू बजारमा बिक्रीवितरण गरेको सुनिन्छ र भेटिन्छ ।स्वास्थ्य विभागका महानिर्दैशक र स्वास्थ्य मन्त्रीलाई कमिसन भए पुग्छ भने हामी आम नागरिको ज्यान जोखिममा पर्छ । कति औषधी बेच्ने मेडिकलहरूले डेट वा म्याट सकिसकेको औषधीहरू बिक्रीवितरण गर्ने गर्छन् । साथै मेडिकलहरूले जनतालाई कस्तो खालका औषधीहरू बेचिरहेको छ भनेर सरकार पनि अनुगमन गर्दैन ।

बिरामी मानिसहरूले रोग ठिक हुनका लागि औषधी त किनेर खान्छन् तर त्यो औषधी महंगो हो कि सस्तो हो भनेर बिरामी मानिस र सरकारलाई नै थाहा छैन । जति पनि औषधीहरू नेपालमा बन्ने गर्छ त्यो सबै औषधीको मूल्य निर्धारण औषधी बनाउने कम्पनीहरूले गर्ने गर्छ । औषधी जस्ता महत्वपूर्ण चिज पनि सरकारले निजी कम्पनीहरूको हातमा छोड्दिँदा आज आर्थिक कमजोर भएका मानिसहरू औषधी किन्ने पैसा नभएर ज्वरो जस्ता रोगले पनि मरिरहेका छन्। यदि सरकारले औषधीको मूल्य निर्धारण गर्ने हो भने अहिलेको भन्दा आधा नै सस्तो हुने छ । औषधी महंगो वा किन्ने पैसा नभएर अहिले पनि मानिसहरू बाँच्ने इच्छा हुँदाहुँदै मरिरहेका छन् ।

यसरी सरकार औषधी बनाउने कम्पनीसँग लम्पसार पर्दा वा औषधी बनाउने कम्पनीसँग सरकारमा बस्नेहरूले कमिशन खाँदा औषधी बनाउने कम्पनी र बेच्ने मेडिकल त मालामाल भए तर जनता भने महंगीको मारमा परे । यदि कसैलाई रोग लाग्यो तर ऊसँग औषधी खाने पैसा छैन भने त्यो मानिस औषधी खान नपाएर मर्नुृपर्ने अवस्था सिर्जना भएको छ । अहिलेपनि कति मानिसहरू उपचार गर्ने पैसा वा औषधी खाने पैसा नभएर घरमै रोग पालेर बसिरहेका छन्। गाउँतिर अहिले पनि आर्थिक कमजोर, अशिक्षित वा गरिबीका कारण कोही मानिस बिरामी भएमा बाँधेर वा सुताएर राख्ने गरिन्छ । अहिले ३५ प्रतिशत मानिसहरूले पैसा भएर उपचार पाएका भने बाँकी मानिसहरूले आर्थिक कमजोरीका कारण उपचार वा स्वास्थ्य सेवा पाएका छैनन् ।

पछिल्लो समय पनि कतिपय दिदीबहिनी वा आमाहरू पाठेघर खसे पनि उपचार गर्ने पैसा नभएर घरमै रोएर बसिरहेका छन् । राजनीतिक दलहरूले जहिले पनि जति पनि स्वास्थ्य र शिक्षा निःशुलक भनेर ठुलठुला भाषणा गरे पनि अहिलेसम्म कै सबैभन्दा बढी भ्रष्टाचार वा विकृति नै यीनै क्षेत्रमा रहेको पाइन्छ । अहिलेपनि कयौँ नेपाली जनताहरूको खुट्टामा एक जोर चप्पल छैन जिउमा कपडा छैन र बस्नका लागि बासस्थान छैन । यस्तो हुँदा उनीहरूले आफ्नो बालबालिकाहरूलाई कसरी शिक्षा र स्वास्थ्य सेवा दिन सक्छन्।

राजनितिक दलहरूले जहिलेपनि जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क गरिने भनेर भोट लिन्छन् तर पछि निजी विघालय र औषधी कम्पनीहरूसँग कमिशन खाएर बस्छन् । अहिले कुनै मानिसलाई रोग लाग्यो भने ऊसँग पैसा छ भने उसले उपचार पाउँछ तर पैसा छैन भने सिध्यै मर्नुपर्छ । निजी अस्पतालहरूमा बिरामी गएमा त्यहाँ सध्य मानिसलाई नै बिरामी बनाएर मार्ने गरिन्छ भने सरकारी अस्पतालमा डाक्टरको टाइम नै पाइदैन ।

सरकारी अस्पतालका डाक्टरहरू जनताले तिरेको करबाट तलब खान्छन् तर काम भने गर्दैनन् । उनीहरू राजनितिक पार्टीको झोला बोक्छन्र निजी क्लिन्कमा गएर काम गर्ने गर्छन् । औषधी बनाउने कम्पनीहरूले राजनितक पार्टीको सदस्य लिएर औषधी महंगोमा बेचेर जनता ठगीरहेका छन् । सरकार औषधी पसलहरू अनुगमन गर्दैनन् भने यता मेडिकलहरूले पनि अशिक्षित वा आर्थिक कमजोर भएका मानिसहरूलाई औषधी दोब्बर मूल्यमा बेचेर ठगिरहेको छ । औषधी पसलेहरूले बिरामीलाई गलत खालका औषधीहरू दिँदा मानिसको ज्यान जान्छ तर सरकारले त्यस्ता पसलेहरूलाई कारबाही गर्ने गर्दैन ।

मेडिकलमा औषधी बेच्न बसेका कतिपय मानिसहरू नपढेका पनि हुने गर्छन् जसले गर्दा डाक्टरले एउटा औषधी भनेको ठाउँमा उसले अर्को औषधी बिरामीलाई दिँदा बिरामीको ज्यान समेत जाने गर्छ । आज कयौँ मानिसहरू गलत औषधीका कारण मरिरहेका छन् । सरकार किन जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने औषधी कम्पनी वा मेडिकलहरूलाई कारबाही गर्दैन ।

सरकारी अस्पतालले बिरामीको राम्रोसँग उपचार नगर्ने र निजी अस्पतालले जनतालाई ठग्ने हो भनी त अब जनताले कताबाट स्वास्थ्य सेवा पाउने । सरकारले सरकारी कर्मचारीहरूलाई जतिसुकै तलबभत्ता बढाए पनि यिनीहरूले जनता ठग्न कहिले बिर्सैनन् । आज यिनै राजनीतिक दल र सरकारी कर्मचारी मिलेर देश र जनता नै डुबाउन थालेका छन् ।
जनताले तिरेको कर सबै सरकारी कर्मचारीलाई तलबभत्ता र सरकारी गाडी दिँदै सिद्धियो तर आज हामी जनता भने बिरामीको अवस्थामा हाम्रै करबाट किनेको औषधी पनि नपाएर मर्नुपरिरहेको छ । एक जोर कपडा र चप्पल लगाउन नसक्ने नेपाली नागरिकको टाउकोमा आज यिनीहरूले नै ७१ हजार विदेशी ऋणा पुप्याए । आज यिनीहरू त मालामाल भए तर हामी जनता र राष्ट्र कंगाल भयो ।

देशमा राजनीतिक परिवर्तन भएपछि गरिब जनताले पनि उपचार पाउछन् र बाँच्न पाउँछन् भनेर आशा गरिएको थियो तर त्यो पनि आज निराशामा बदलियो । देशमा राजनीतिक परिवर्तनको फाइदा राजनितिक दलका नेता र सरकारी कर्मचारीलाई मात्र भयो भने जनता महंगीको मारमा परे । महंगीका कारण जनताहरूले न उपचार गर्न पाए न खान नै पाए । आज जनताहरू कि भोकभाकै मर्नुपरिरहेको छ कि उपचार नपाएर रुँदै बसिरहनु परिरहेको छ । यो सबै राजनितिक दल र सरकारी कर्मचारीहरू कै कारणले गर्दा हो ।
रुषा थापा

प्रतिक्रिया दिनुहोस्