राप्रपा अध्यक्ष लिङ्देन अब रहेनन् सांसद



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने,  मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।

प्रतिक्रिया दिनुहोस्