मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिस



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । उहाँ अघ्रिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

मुख्यमन्त्री राउतको नाम प्रदेशसभा सदस्यका लागि एकल सिफारिस गरेको हो । त्यस्तै, संघीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्