राष्ट्रपतिद्धारा १५ जना महिला चिकित्सक सम्मानित



काठमाडौं  ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले १५ जना महिला चिकित्सकहरुलाई नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेवापत विशेष सम्मान गर्नुभएकोछ । शीतल निवासमा आयोजित समारोहमा १५ चिकित्सक वुमन इन मेडिसिन इन नेपाल २०२२ बाट सम्मानित भएका हुन् ।

नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारीमार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको जनाएकोछ ।नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले संघले गत वर्षदेखि महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको जानकारी गराउँनुभयो ।

वुमन इन मेडिसिन अवार्डबाट प्रा.डा. आश्मा राणा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट), प्राडा रोश्ना अमात्य (एनेस्थेसिया), डा स्वराज राजभण्डारी (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट), डा तीर्था राणा (पब्लिक हेल्थ फिजिसियन), डा बसुधा खनाल (माइक्रोबायोलोजी), डा कमला बुढाथोकी (डर्माटोलोजी),डा लक्ष्मीनानी श्रेष्ठ (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट), डा मिरा मल्ल (डेन्टल), डा उषा शाह (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट) र डा मिथिला शर्मा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट) सम्मानीत हुनुभएकोछ । त्यसैगरि वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्डबाट डा नारायणी श्रेष्ठ (अप्थाल्मोलोजी), डा बिमला ओझा (डर्माटोलोजी), डा गीता बस्नेत (रेडियोलोजी), डा रेवा श्रेष्ठ (मेडिकल अफिसर) र डा ओमविक्रम शाह (रेडियोलोजी)सम्मानीत हुनुभएको जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्