भृकुटीमण्डपमा फर्निचर मेला हुने



काठमाडौं । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ ।

फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ । जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा रहने सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।

सङ्घका अध्यक्ष जोशीका अनुसार नेपालमा ६० अर्ब बराबरको फर्निचरजन्य सामाग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यस्को झन्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको छ । प्रदर्शनीको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । प्रदर्शनी अवलोकनका लागि १०० शुल्क निर्धारण गरिएको छ ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको समेत सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्