७ जना विद्यार्थीसहित २ सय ४८ जना चालक कारबाहीमा



काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

आज (मंगलबार) बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको चेकिङका क्रममा चालक अनुमति पत्र नभएका ७ जना विद्यार्थी चालकहरू कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाही पर्नेमा बिहानै मदिरा सेवन गरि सवारी साधन चलाउने ३ जना चालक रहेका छन् ।

नयाँ बसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक, बा १ ज ८१ ८१ नम्बरको माईक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८० ५९ नम्बरको ट्रक चालकलाई मापसे गरि सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्