नेविसंघको तालाबन्दीविरुद्ध त्रिविमा अनेरास्ववियुको प्रदर्शन



काठमाडौं ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्रदर्शन गरेको छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि.केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको थियो ।

सोही तालाबन्दीको विरोधमा आज शान्तिपूर्ण प्रदर्शन भएको हो।

विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित पठन पाठन गर परीक्षाको मर्यादा कामय गर लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्