बागमती प्रदेश प्रतियोगितामा सहभागी हुन धमाधम खेलाडी छनौट



काभ्रे।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमती प्रदेश खेलकुद प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विद्यामा खेलाडीहरु छनौट प्रक्रिया शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिले सार्वजनिक रुपमा आव्हान गरी १३ वटै स्थानीय तहलाई औपचारिक पत्र समेत पठाएको अध्यक्ष मानवीर वाईवाले बताउनु भयो ।

प्रतियोगितामा सहभागी हुन आईटिएफ तेक्वान्दोका खेलाडीहरु शनिबार छनौट भएका छन् । बुद्धिचाल प्रतियोगिताका खेलाडीहरु सोमबार टानिएका छन् भने फुलकन्ट्याक्ट कराँते प्रतियोगिताका लागि पनि सोमबार नै खेलाडी छनौट भएका छन् । कबड्डी छात्र÷छात्रा र टेबल टेनिस छात्र÷छात्रा र बास्केटबलका लागि मंगलबार भाद्र ७ गते खेलाडी छनौट हुँदै छन् ।

उसु खेलका खेलाडी भाद्र ८ गते छनौट हुने अध्यक्ष मानवीर वाईवाले बताउनु भयो । भाद्र ९ गते जुडो खेलका खेलाडीहरु छनौट हुनेछन् । भाद्र १३ गते राष्ट्रिय खेलकुद परिषद्को ५९ औ वार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश भित्रका स्थानीय तहहरु मध्ये एउटा स्थानीय तहलाई निश्चित मापदण्डका आधारमा सम्मान गर्नेछ ।

यस अघि पनि जिल्ला खेलकुद विकास समितिले जिल्लामा विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । अध्यक्ष मानवीर तामाङले राष्ट्रपति रनिङ्ग शिल्ड तथा विभिन्न प्रतियोगिताहरुमा खेलकुद विकास समितिले सक्रिय रुपमा कार्यक्रमहरु आयोजना गरेको बताउनु भयो । समितिले जिल्लामा खेलकुदका क्षेत्रमा विभिन्न विद्याबाट सहयोग गर्ने व्यक्तिहरूको नामावली पनि प्रदेश समितिमा पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्