संगीत संगत सम्पन्न



नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका आयोजनामा हालै राजधानीमा लोकशास्त्रीय संगीतसम्बन्धी प्रज्ञा–पाठशाला संगीत संगत श्रृङखला–१ सम्पन्न भएको छ।

पाठशाला नेपालको सहकार्यमा नयाँ बानेश्वरीस्थित पाठशाला नेपालको मदनकृष्ण प्रेक्षालयमा सम्पन्न कार्यक्रममा १७ महिलाको समूहले वृन्दवादन प्रस्तुत गरेको थियो। कार्यक्रममा तबलामा सरिता मिश्र, सिता भण्डारी र मञ्जु सुनार, सरोदवादमा रूपा न्यौपाने, सितारमा सुशीला अमात्य, बिना श्रेष्ठ,पद्या तुलाधर, अमृत हीरा योगी, डा. अन्जु उप्रेती र कृति बानियाँ, गायनमा विना केसी प्रधान र इसराजमा नूर श्रेष्ठ, बेलमामा रोशनी श्रेत्री, बाँसुरीमा यजु आचार्य, रोजिना डंगोल तथा तानपुरामा मोना पोखरेल र कल्पना डंगोलले सुमधुर प्रस्तुति दिएका थिए।

त्यस्तै, अच्युतराज भण्डारी संगीत प्रतिष्ठानको भण्डारी परिवारबाट तबलामा अच्युतराम भण्डारी र सीता भण्डारी, सारंगीमा परशुराम भण्डारी र सितारमा रामकुमार अर्याल, बाँसुरीमा डा. नीराजन भण्डारी तथा तानपुरामा कल्पना पराजुलीले शास्त्रीय संगीत प्रस्तुत गरेका थिए।

आयोजक प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) को सहभागितामा भएको कार्यक्रममा संयोजक तथा परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै थप तयारीका साथ कार्यक्रमलाई मासिक रूपमा आयोजना गर्ने जनाए। शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बू, सिस्नुपानी नेपालका अर्जुन पराजुली, रामप्रसाद ज्ञवालीलगायतले शास्त्रीय संगीतको महङ्कवबारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्