पूर्वयुवराज्ञी हिमानीको स्वास्थ्य अवस्था सुधारोन्मुख, अझै केही दिन अस्पतालमै राखिने



काठमाडौं।

पूर्व युवराज्ञी हिमानी शाह आकस्मिक रुपमा बुधबार मेडिसिटी अस्पतालमा भर्ना हुनुभएकोछ । उहाँलाई ईएनटी (घाँटी दुख्ने) समस्या भएपछि मेडिसिटी अस्पतालको ईएनटी विभागमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएकोछ ।

पूर्वयुवराज्ञी हिमानी शाह २०७९ श्रावण २४ गते हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया जानुभएको र त्यहि विसन्चो भएपछि कार्यक्रममा पुरा नबसी बुधबार नेपाल फर्किनुभै सिधै अस्पताल भर्ना हुनुभएको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै राखी उपचार गराउनुपर्ने उपचारमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्