बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु



काठमाडौं ।

रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ ।

 पूर्व पश्चिम महेन्द्र राजमार्गमा चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे एक आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । दुर्घटनामा परेको बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्