निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ



काठमाडौँ।

निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको हो त्यो भने खुलाएको छैन । यद्यपि निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्