मिस युनिभर्स नेपालमा : डा. आयुष्नोभासहित २० को स्पर्धा



आगामी भाद्र ९ गते अगस्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुने मिस युनिभर्स नेपालको अन्तिम प्रतिस्पर्धामा विभिन्न अन्तर्राष्टिय पुरस्कार विजेता फिल्म र वृत्तचित्रका लागि १२ वर्षकै उमेरमा उपशीर्षक लेखेकी तथा संस्कृतिविद् सत्यमोहन जोशीका साथ धेरै दिग्गज कलाकारसँग देशभक्तिपूर्ण गीत र फिल्ममा अभिनय गरेकी डा. आयुष्नोभा ढुगानासहित २० युवतीबीच भिडन्त हुने भएको छ।

राजधानीमो याक एन्ड यति होटलमा आइतबार अयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता निर्देशक नग्मा श्रेष्ठले उक्त स्पर्धामा २० युवतीले अन्तिम प्रतिस्पर्धा गर्ने जानकारी दिइन्। पत्रकार भेटघाट कार्यक्रममै प्रतियोगितामा सामेल प्रतिस्पर्धीले क्याटवक गर्दै -याम्प नापेका थिए। कार्यक्रममा प्रतियोगीहरूले आ+आप्mनो शैलीमा आफ्नो परिचय दिँदै क्वाटवाक गरेका थिए।

नग्माले आगामी वर्षदेखि यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलालाई समेत सहभागिताको अवसर प्रदान गर्ने जानकरी दिइन्। मैले सँधै नै मिस युनिभर्सलाई मनपराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशिता हो। आगामी वर्षदेखि लागू हुनेगरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाका लागि हुनेमा विश्वस्त छु उनको भनाइ थियो।

उनका अनुसार उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन्। मिस युनिभर्स नेपालको विजेताले १० लाख रुपियाँका साथमा इलेक्टिक स्कुटर प्राप्त गर्नेछिन् भने ७१ औं संस्करणको मिस युनिभर्समा समेत स्पर्धा गर्ने अवसर पाउनेछिन्।

मिस युनिभर्स नेपालको अन्तिम प्रतिस्पर्धामा डा. ढुगानाका साथ जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टि तामाङ, मोनालिजा पराजुली, विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रूपसी श्रेष्ठ, प्रतिभा महर्जन, आश्मा केसी, सामना कार्की, प्रियांशु महत्त, सृष्टि हाडा र रिजु खड्काबीच स्पर्धा हुने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्