दीपक सहायक मुख्य प्रशिक्षक



??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं
साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ ।

सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ श्रावण २६ गतेको सदश्य सचिवस्तरिय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरी सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो । आईतबार एक कार्यक्रमकाविच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामनासहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका थिए ।

श्रेष्ठलाई सोही मितिदेखि लागू हुनेगरी तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्ने गरि पत्र प्रदान गरिएको छ । सो अवसरमा उपनिर्देशक द्वय हिमाल दाहाल र प्रचण्ड शर्माले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए । यस्तै, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ “बोस” ले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए ।

२०४१ सालमा सहायक प्रशिक्षकको रूपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए । ललितपुर जिल्ला खेलकुदल विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरूलाई प्रशिक्षण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्