एकैदिन ८८८ जनामा सङ्क्रमण, एकको मृत्यु



काठमाडौं ।

एकैदिन नेपालमा थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

पछिल्लो २४ घण्टामा ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी कूल ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको निधन भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्